पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।
पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत
वीरेन्द्रनगर–८ सुर्खेत
कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/३१ (१४ मेई २०२६)
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ । संस्थाले अक्सफाम नेपालको सहयोगमा कर्णाली प्रदेशमा कार्यान्वयन गरिरहेको Increase access to policymaking through women’s empowerment परियोजना अन्तर्गत नेतृत्व र वकालत (Leadership and Advocacy) कक्षा सञ्चालन तथा सहजिकरणका लागि देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ ।
१. कार्यक्षेत्रः वीरेन्द्रनगर नगरपालिका सुर्खेत र नारायण नगरपालिका दैलेख
२. पदः मेन्टर–आंशिक समय Part-time
३. आवश्यक संख्याः जम्मा–३ जना (वीरेन्द्रनगर नगरपालिका–२ जना र नारायण नगरपालिका–१ जना)
४. अवधिः ३ (तीन) महिनासम्म ।
५. न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः
६. मेन्टरको मूख्य जिम्मेवारीहरू (Key Responsibilities)
समन्वय तथा सहकार्य
कार्यक्रम कार्यान्वयन/कक्षा सञ्चालन तथा सहजिकरण
सुरक्षा तथा जोखिम व्यवस्थापन
७. सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ ।
८. उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV इमेल Vacancy@wam.org.np, info@wam.org.np मार्फत अथवा यस संस्थाको केन्द्रिय कार्यालय, वीरेन्द्रनगर–८ आवास क्षेत्र सुर्खेतमा भौतिक रुपमा उपस्थित भई २०८३ जेठ ६ गते, बुधबार, कार्यालय समय ५ः०० बजे भित्र बुझाउनुपर्ने छ । (सो समयावधिपछी प्राप्त आवेदन मान्य हुनेछैन)
९. छनौटमा परेका आवेदकहरुलाई लिखित वा मौखिक परिक्षा मात्रै लागि सम्पर्क गरिनेछ ।
नोट: हामी (सिमान्तकृत महिलाहरुका लागि महिला संस्था) यस संस्थाभित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं । त्यसैले महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र आदिवासी समुदायका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दै विशेष प्राथमिकतामा राख्दछौँ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य–सहिष्णुता नीति छ । त्यसैले छनौट गरिएका सबै उम्मेदवारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ ।
संयोजक
पदपूर्ति समिति
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)
वीरेन्द्रनगर ८ सुर्खेत
फोन: +९७७–०८३५२२४३७
इमेल: info@wam.org.np, wam.skt@gmail.com
Leave a Reply