पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women
२०८० पुष ९, सोमबार १८:३९

वामको २६ औं वार्षिक साधारणसभा सम्पन्न

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको २६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वीरेन्द्रनगर १२ चनौटेस्थित ग्रामिण जागरण बहुद्देश्यीय सहकारीको हलमा सम्पन्न साधारणसभाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता र सचिव यामकुमारी लामिछानेले सञ्चालन गरेको समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु राना क्षेत्री र महासचिव अमृताकुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थामा महत्वपूर्ण योगदान निर्वाह गरेका कर्मचारी र पूर्व कर्मचारीलाई प्रसंशापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थामा पूर्व कार्यक्रम संयोजक प्रतिमा परियार र संस्थामा लामो समयदेखि सहयोगी कर्मचारीको रुपमा कार्यरत मानकुमारी ढकाललाई सम्मान गरिएको थियो ।

साधारणसभा संस्थाद्धारा सञ्चालित सामुदायिक सुरक्षा जालो परियोजनाको सहयोगमा हस्तबीर आधारभूत विद्यालयका १६ र अमरज्योति माविका ३ जना गरी १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । साधारणसभाको उद्घाटन सत्रमा नगर प्रमुख ढकालका साथै वीरेन्द्रनगर वडा नं १२ का वडाध्यक्ष चुडामणी चपाई, सिएसएन वीरेन्द्रनगरका अध्यक्ष ऋषि वली, संस्थाका कार्यकारी निर्देशक मुधरानी ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रमहरु पारित गरेको थियो ।

Leave a Reply

Latest Post

Azino