पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

मङ्लबार, कार्तिक ४, २०८३
Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women

आशय पत्र आह्वान सम्बन्धी सूचना

आशय पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२ जेठ २ गते

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) मुनाफारहित जनहितकारी महिला संस्था हो । जसले समतामुलक समाज निर्माणका लागि विगत २७ वर्षदेखि कार्य गर्दै आईरहेको छ । संस्थाले महिला, बालबालिका, युवा तथा किशोर किशोरीहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र अधिकार, सीमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा कार्यक्रम तथा परियोजनाहरु सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ ।
संस्थाले अक्सफाम नेपालको सहयोगमा Partner’s investment fund (PIF) परियोजना कार्यान्वयन गरिरहेको छ । उक्त परियोजना अन्र्तगत कर्णाली प्रदेशमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको अवस्था सम्बन्धी सर्वेक्षण (Survey of the current situation of GEDSI in Karnali province) सर्वेक्षण गर्न लागिएको छ । सो कार्यका लागि ईच्छुक बाहय स्रोत व्यक्ति/परामर्शदाता/कम्पनीबाट आशयपत्र आह्वान गरेको छ ।
– TOR संस्थाको वेबसाइट www.wam.org.np बाट डाउनलोड गर्न सकिन्छ वा अनुरोधमा इमेल मार्फत उपलब्ध गरिनेछ ।
– योग्य र इच्छुक बाहय स्रोतव्यक्ति/परामर्शदाता/कम्पनीबाटलाई निम्न ठेगानामा आशय पत्र पेश गर्न आमन्त्रित गरिएको छ:,
– आवेदन पेश गर्ने अन्तिम मिति : २३ मे २०२५
– कुनै पनि आवेदन छनोट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार वाम सुर्खेतमा सुरक्षित छ ।

खरिद समिति
वाम सुर्खेत
इमेलः procurement@wam.org.np

Azino